• होमपेज
  • समाचार
  • खोलामा डुबेर युवकको मृत्यु

खोलामा डुबेर युवकको मृत्यु

  • शनिबार, बैशाख १०, २०७९
खोलामा डुबेर युवकको मृत्यु

विराटनगर — खोलाबाट बालुवा निकाल्ने क्रममा डुबेर मोरङको ग्रामथानमा एक युवकको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्रामथान गाउँपालिका–४ स्थित लोहन्द्रा खोलामा डुबेर ३० वर्षीय बसन्त माझीको मृत्यु भएको हो ।

बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो ३:३० बजेतिर खोलामा डुबेका माझीलाई मृत फेला पारिएको जानकारी उनले दिए । शव पोस्टमार्टमका लागि पठाएर प्रहरीले घटनाको अनुसन्धान थालेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार