• होमपेज
  • क्रिकेट
  • टी-२० श्रृङ्खलामा पीएनजीमाथि नेपाल १५ रनले विजयी

टी-२० श्रृङ्खलामा पीएनजीमाथि नेपाल १५ रनले विजयी

  • सोमवार, चैत्र १४, २०७८
टी-२० श्रृङ्खलामा पीएनजीमाथि नेपाल १५ रनले विजयी

काठमाडौं — त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।

पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।

पीएनजीका टोनी उरालाईले दोस्रो ओभरमै करण केसीले आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।

चर्चामा

सम्बन्धित समाचार