मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार

बझाङमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार

  • बुधबार, चैत्र ९, २०७८
बझाङमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार

अर्थ जङ्ग शाही/ बझाङ — बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरी स्रोतले गोप्य राखेको छ ।

गएको चैत्र ६ गते बेलुकीको समयमा मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि प्रलोभन देखाई बलात्कार गरेको र बलत्कार पछी बालिकालाई सोही ठाउँ छोडेर पिडक भागेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । बालिकाले आमालाई घटना बारे हुबहु सुनाएपछी आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको र बहिनी बलात्कारको आरोप लागेका दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको र थप अनुसन्धान भइरहेको समेत भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताए।

हाडनाताभित्रकै र संरक्षक भनिएकै व्यक्तिबाट यौनशोषण भएका यी केही प्रतिनिधिमूलक घटना हुन् । हाडनाताकै व्यक्तिबाट त्यसमा पनि घरभित्रै बालिका र किशोरी बलात्कृत भएका घटना सार्वजनिक हुने क्रम पछिल्लो समय बढ्दै गएको छ।

चर्चामा

सम्बन्धित समाचार