मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

  • मङ्लबार, चैत्र ८, २०७८
जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू : सर्वोच्च

काठमाडौँ —स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार बन्नुभन्दा पहिले नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचारसंहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ ।

आयोगले चैत ३ गते राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको उक्त प्रावधानविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।कान्तिपुरबाट ।

  •  जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

चर्चामा

सम्बन्धित समाचार