झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना युवक पक्राउ परेका छन् गौरिगंज गाउँपालिका-२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजवंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।