बाजुरा — जगन्नाथ गाउँपालिका वडा नं. २ का ७५ जनाले रोजगारी पाएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत वडा नं. २ का मात्र ७५ जनाले काम पाएको वडा अध्यक्ष कर्ण बहादुर विष्टले बताउनु भयो । वडा नं. २ मा ११ भन्दा वढि योजनाहरुको काम संचालन भईरहेको छ । काम नपाएर भारत जाने व्रोजगार यूवालाई गाउँमै रोजगारी बनाउने उद्देस्यले स्थापना गरिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रमले गाउँमै्र काम पाउन थालेपछि यूवाहरु भारत जान छोडेका छन ।
गाउँका विपन्न, आर्थिक अवस्था कमजोर भएका, रोजगारी गुमाएका ब्यक्तिलाई छनौट गरि काममा लगाएको वडा अध्यक्ष विष्टले बताउनु भयो । वडा नं. २ का मात्र ७५ जनाले रोजागारी पाउँदा गाउँमा वेरोजगार कोहि पनि बस्न नपरेको बताउनु भयो । वडा नं. २ मा मात्रै विद्यालयको भवन निर्माण, घेरवार, सिचाई कुलो, मठ मन्दिर निर्माण, गोरेटो वाटो निर्माण लगायतका योजनाहरुमा वेरोजगार यूवाहरुले काम गरिरहेका छन । गाउँमै विभिन्न योजनाहरु संचालनमा आएपछि महिलाहरुले पनि काम पाएको अध्यक्ष विष्टले बताए । पहिले परिवार पाल्नका लागि लत्ता कपडाका लागि भारत जाने वेरोजगार यूवाहरु अहिले गाउँमै काम पाईन थालेपछि खुसि भएका छन । आफ्नै खरमा वसेर, दिउसो गाउँ नजिकै काम गर्न पाउँदा निकै सहज भएको स्थानिय रत्नचन्द्र सार्किले भने । पहिले कामको लागि भारत जानु पथ्र्यो । घरमा कोहि विरामी भएको पनि थाहा हुदैन थियो । उहाँले भन्नुभयो, अहिले गाउँमै काम पाउँदा विहान वेलुका घरको पनि काम हुने र दिउसो रोजगारका कामहरु गर्न पाएको बताए । घर परिवारमा कोहि दुखि विरामी हुँदा पनि समयमै औषधि उपचार गर्न सकिने जानकारी दिएका छन । जगन्नाथ गाउँपालिका २ २ को लुमा गाउँमा चौतारो निर्माण भईरहेको छ । वडा नं. २ को गाउँमा बन्ने भएपनि वडा नं. १ अन्तर्गत योजना परेको छ । उपभोक्त समिति वडा नं. १ का रहेपनि वडा नं. २ लुमा गाउँका स्थानियले काम गर्न पाएका छन । दिउसो नास्ता खाने समयमा समेत घरको सानो तिनो काम गर्न पाउँदा त्यहाँ काम गर्ने स्थानिय निकै खुसि देखिन्छन् ।
प्रधानमन्त्रि रोजगार कार्यक्रममा नपरेका ब्यक्तिलाई अध्यक्ष रोजगार कार्यक्रममा छनौट गरेर भएपनि सबैलाई काममा लगाएको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले जानकारी दिएका छन। रोजगारीका लागि भारत जाने यूवाहरुलाई गाउँमै रोजगारीको ब्यबस्था गर्नका लागि अध्यक्ष रोजगार कार्यक्रम संचालनमा ल्याएको शाहीले बताए । गाउँपालिका भरिका ३ सय ९० जना प्रधानमन्त्रि रोजगार कार्यक्रममा र ६० जना अध्यक्ष रोजगार कार्यक्रममा छनौट भएर काम गरिरहेको पालिकाका रोजगार संयोजक लक्ष्मण जोशिले जानकारी दिएका छन ।