बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • ४० बर्ष सेवा गरेका प्रअ शाहको बिदाइमा रोएको बिद्यालय

४० बर्ष सेवा गरेका प्रअ शाहको बिदाइमा रोएको बिद्यालय

प्रेरणाका स्रोत “बिश्नुध्वज सर”

  • बुधबार, माघ १९, २०७८
सेयर गर्नुहोस् :
४० बर्ष सेवा गरेका प्रअ शाहको बिदाइमा रोएको बिद्यालय

बाजुरा–जागिर शुरु भएदेखि एउटै ठाउँबाट अबकास धेरै शिक्षक हुने गरेका छन् । बाजुराको बुढिगंगा नगरपालिका १० सिगाडा माबिका प्रअ बिश्नुध्वज शाह जागिर शुरु देखि अन्तसम्म एउटै बिद्यालयमा जागिर गरे । अबकास पनि त्यहि बिद्यालय बाट भएका छन् ।
२०३८ सालमा साउन २० गते सिगाडा माबिमा शिक्षक पेशा शुरु गरेका शाहले त्यहि बिद्यालयमा ४० बर्ष ६ महिना बिताएर घर फिर्ता भएका छन् । अर्को कुरा उनि जागिर शुरु देखी अन्तसम्म बिद्यालयको प्रध्यानाध्यापक भएर काम गरेका थिए ।
४० बर्ष सम्म एउटै बिद्यालयमा काम गरेका शाहको बिदाई पुरै गाउँ बिद्यालय रोएको छ । उनको सेवा अबधि सकेर उनलाई बुधवार बिद्यालय बाट बिदाई गरे । बिदाई सिगाडा, नुवाकोट गाउँका स्थानिय, बिद्यार्थी, शिक्षकको बाक्लो उपस्थिति रहेको थियो । उनको बिदाइमा सबैका आँखामा आशु रसाएका थिए । उनले घर परिवार समाज भन्दा पनि बिद्यालय बनाउनमा देन गरे, आधारभुक्त बिद्यालय बाट माबि बनाएर गए, उहाँ त यहाँको अभिभाबकको भएको बिद्यालयका बिब्यस अध्यक्ष दल बहादुर साउदले वताएका छन् ।
शाहलाई बाजागाजा सहित शाहको घर बुढिगंगा नगरपालिका ९ काप्रितोला सम्म सामानका साथ बिद्यालयले पुयाएको थियो । शाहको बिदाइ समुदाय र बिद्यालयले भब्य गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष दल बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरउपप्रमुख तारा खाति रहेकि थिईन्, भने बिशिष्ट अतिथि वडा अध्यक्ष धर्मराज जोशी रहेका थिए । कार्यक्रममको सञ्चालन शिक्षक गणेश थापाले गरेका थिए, भने स्वागत मन्तब्य शिक्षिका चन्द्रकला शाहले गरेकि थिईन् ।
शाहलाई बिद्यार्थी, अभिभाबक शिक्षकले मायाको चिनो फुलमालाले बिदाई गरेका हुन् । उनलाई बिदाइ गरिहँदा शाहको आँखामा बरबर आशुझरिरहेका थिए, भने अभिभाबक, शिक्षक बिद्यार्थीहरुका पनि आशु रसाएका थिए । जसले पुरै जिवन एउटै बिद्यालयमा दिए, अन्तमा घर जादा सारै नराम्रो लाग्दो रहेछ, वडा अध्यक्ष धर्मराज जैशीले वताएका छन् । शाहको बिद्यालय बनाउन मात्र नभइ समाज परिवर्तन गर्नमा ठुलो देनभएको जैशीले वताए ।
शाहलाई इतिहासले पनि भुल्ने छैन्, सयौ बालबालिकालाई शिक्षा दिए, एक बिद्यार्थीले वताए । सिगाडा माबि अहिले पनि प्रस्ताबित माबि हो । पञ्चायत काल देखी अहिले सम्म शाहले बिद्यालयका लागि ठुलो योगदान गरे । उनले जागिर भन्दा पनि समुदायका लागि काम गरे, आज बिद्यालय बाट बिदाई हुदा पुरै समुदाय रोएको स्थानिय पदम बहादुर साउदले वताए ।
२०३८ साल साउन २० गते जागिर शुरु गरेका शाह २०४४ सालमा स्थायी भएका थिए । २०७८ साल माघ १८ अनिवार्य अबकास पाएका थिए । शाह भन्छन्, ४० बर्ष सेवा गरेको समय पत्तो भएन्, तर बिद्यालयबाट बिदाई हुदा मन थाम्न नसकिदो रहेछ, परिवार भन्दा प्यारो बिद्यालय लाग्छ, आफु बिद्यालय बाट बिदाई भएपनि प्रत्यक्षअप्रत्यक्ष रुपमा सधै बिद्यालयको हितमा लाग्ने शाहले वताए ।
शाहलाई शिक्षकबाट मायाको चिनो सुनको औठी र बुढिगंगा नपा वडा नं १० का वडाअध्क्षय श्री धर्मराज जोशीले मायाको चिनो, बिद्यालय ब्यबस्थापन समितिबाट मायाको चिनो हस्तान्तरण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार