मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा बुस्टर डोज मंगलबारबाट

बाजुरामा बुस्टर डोज मंगलबारबाट

  • मङ्लबार, माघ ११, २०७८
बाजुरामा बुस्टर डोज मंगलबारबाट

बाजुरा– बाजुरामा मंगलबार मंगलबारबाट कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिन सुरु गरीएको छ । खोपको उपलब्धता सँगै मंगलबारबाट पालिकाले तोकेको खोप केन्द्रबाट बुस्टर डोज खोप लगाउन सुरु गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
बुस्टर डोज मंगरबार र बुधबार गरी दुई दिन पहिलो चरणमा चार हजार खोप आएको प्रमुख पन्तले बताए । पहिलो चरणमा अग्रपन्तिमा खटीएर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार राजनैतिक दल,बैंक तथा बितिय सस्थामा काम गर्ने कमचारी लगाएतलाई दिईने पन्तले बताए ।
बुस्टर डोज खोपको उद्घाटन बाजुरा जिल्लाका प्रनिनिधि सभा सदस्य लालबहादुर थापाले एक कार्यक्रममा बिच सुरु गरेका छन् । खोप कार्यक्रम उद्घाटन गर्दै कोभिड १९ सक्रमणबाट बन्च सबैले स्वाथ्य मापदण्ड अपनाउनु पर्ने र संक्रमणलाई हेलचेक्राई नगर्न आग्रह गरेका छन् ।
कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेको अग्रपंक्तिमा खटिनेलाई तेस्रो मात्रा (बुस्टर डोज) लगाइने कार्यालय प्रमुख पन्तले बताएका छन ।
पहिलो र दोस्रो खोप लगाएर ६ महिना पुरा भएका अग्रपन्तिमा खटिनेहरुलाई दिईने बताईएको छ ।
खोप पालिकाले तोकेको खोप केन्द्रमा पठाइसकेका पुगेपछि मंगलबारबाट कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेकालाई मात्र बुस्टर डोज दिईने हो कार्यालय प्रमुख पन्तको भनाई रहेको छ ।
बाजुरा जिल्लामा अहिलेसम्म १८ वर्षभन्दा माथिका ८२ प्रतिशत नागरिकले पहिलो डोज तथा ५७ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन् । जसमा पहिलो डोज ८० हजार ८ सय ८० ले लगाएका छन भने दोस्रो डोज लगाउनेको सख्या ५७ हजार १ सय २५ ले लगाएका छन। त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज लगाएका छन सो समुहका १७ हजार ६ सय ३७ जनाले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ ।
पहिले लगाएको खोपले ६ महिनासम्म कोरोनाबाट बच्न सकिने वा कोरोना भइहाले पनि बच्न सकिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ । ६ महिना पछि रगतमा एन्टीवडी कम हुने र त्यो एन्टीवडी बढाउने दिईने खोपलाई बुष्टर डोज भनिएको प्रमुख पन्तको भनाई रहेको छ , यो बुष्टर डोजले थप ६ महिना सम्म कोरोना हुन बाट बचाउने गरेको उनले बताएका छन ।
पहिलो पटक ४ हजार डोव आएको छ, यो लगत्तै १८ बर्ष माथि ६० बर्ष मुनीका लाई दिईने प्रकृयामा अगाडी बढेको स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार