काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३० पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?