आइतबार रातीदेखी लगातार परेको अबिरल बर्षाका कारण बाजुराकाे साँफे मार्तडी, मार्तडी काेल्टी, बल्दे आटीचाैर लगायतका सडक अबरूद्ध भएका छन । सडक खण्डको ठाँउ ठाँउमा पहिरो बग्न थालेपछी आइतबार राति बाट सडक अबरूद्ध भएको हुन । सडकको ठाउँठाउँमा पहिरो खसेर सडक भासिएर सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।
पहिराले साँफे मार्तडी सडकखण्डकाे , बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिराले सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको प्रहरीले जनाएकाे छ । करिव एक हप्ता अगाडी देखी संचालनमा आएकाे मार्तडी काेल्टी सडक समेत अबराेध भएकाे छ । आइतवार देखी आएको वर्षाले पहिरो गएपछि साेमबार बिहान बाट यातायातका साधन चल्न सकेका छैनन ।
पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयले वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन नसकेकाे जनाएकाे छ ।सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ । बाजुरामा आइतबार देखि लगातार भारी वर्षा भइरहेकाे छ ।