बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

  • शुक्रबार, भदौ १८, २०७८
सेयर गर्नुहोस् :
बाजुरा क्याम्पसमा स्वास्थ्य सुरक्षा अपनाएर भौतिक उपस्थितिमै पढाई संचालन गर्ने

 बाजुरा —बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाजुरा क्याम्पसले स्वास्थ्य सुरक्षा निकायका माफदण्डहरु अपनाएर भौतिक उपस्थितिमै बिद्यालयमा पठनपाठन सुरुगर्ने निणर्य गरेको छ ।
शुक्रबार बाजुरा क्याम्पसले बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट टाढा रहन स्वास्थ्य माफदण्डहरु अपनाएर कक्षा संचालन गर्ने भएको छ । बिद्यालय संचालन गर्ने निणर्य गर्दै बाजुरा क्याम्पसले सुक्रबार एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थित गराई पठनपाठन संचालन गर्ने भएको हो ।

यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै आएका थिए । पछिल्लो केही महिना यता कोभिड-१९ को संक्रमण कम हुँदै गएपछि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षाहरु नियमित रुपमा स‌चालन गर्ने निणर्य गरेको बाजुरा क्याम्पसका प्रमुख सुरेश प्रसाद पंडितले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार