शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

  • सोमवार, असार ७, २०७८
ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

सङ्खुवासभा– खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी –४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।

घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए।

चर्चामा

सम्बन्धित समाचार