गाडीहरुको मर्मत ग्यारेजबाट सामान चोर्दै गरेको अवस्थामा प्रहरीले लमहीबाट दुई जनालाई पक्राउ गरेको छ ।
गएराति सवारीसाधन मर्मत गर्ने लमहीकाे एक ग्यारेज पसलबाट गाडीका पुरानो सामान (फलाम) चाेरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो ।
साेमबार राति पाैने दुई बजे लमहीकाे अन्सारी माेटर पाट्सबाट सवारीसाधनका पुराना सामान (फलाम) चाेरी गरेर साईकलमा बाँधेर लैजाने क्रममा दुईजनालाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनीहरू अहिले वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेका छन् । चाेरी गर्ने एकजना साेही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ ।