• होमपेज
  • समाचार
  • बझाङमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सिंह दम्पतीद्वारा २० हजार सहयोग

बझाङमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सिंह दम्पतीद्वारा २० हजार सहयोग

  • बिहिबार, जेष्ठ १३, २०७८
बझाङमा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सिंह दम्पतीद्वारा २० हजार सहयोग

रमेश बहादुर सिह/ बझाङ — अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि जयपृथ्वी नगरपालिका ५ बस्टि का बिकास बहादुर सिँह दम्पतीले आर्थिक सहयोग गरेका छन् । हाल अमरिका को बाल्टिमोर सहर मा बस्दै आएका सीहले २० हजार सहयोग गरेका हुन् ।

अक्सिजन को अभावको कारण बझाङ जिल्लामा कसैको पनि अकालमा मृत्यु नहोस भन्ने उदेश्यले यो अभियान सञ्चालन गरीएको छ । जिल्ला अस्पताल बझाङमा अक्सिजन कन्सन्टटर र अन्य स्वास्थ सामाग्री को अभाबले कसैकोे अकाल मै ज्यान नजाओस भनेर हाम्रो बझाङ बचाउ अभियान लाई २० हजार सहयोग गरेको बिकास बहादुर सिँहले बताउनुभयो

केही समय अगाडि देखि सुरु गरेको अभियान निकै प्रभावकारी भएको भन्दै विदेश बाट खाई नखाई सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएको छ । यो अभियानमा सबैले हातेमालो गरी सहयोग गर्न अनुरोध गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार