• होमपेज
  • समाचार
  • २ जना मृतावस्थामा फेला

२ जना मृतावस्थामा फेला

  • बुधबार, चैत्र १८, २०७७
२ जना मृतावस्थामा फेला

उदयपुर र धनुषामा २ जना मृतावस्थामा फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार