• होमपेज
  • अन्तर्राष्ट्रिय
  • जहाँ सैन्य ‘कुु’ पछि फेसबुक बन्द गरियो

जहाँ सैन्य ‘कुु’ पछि फेसबुक बन्द गरियो

  • शनिबार, माघ २४, २०७७
जहाँ सैन्य ‘कुु’ पछि फेसबुक बन्द गरियो

म्यान्मारमा सैनिक कु पछि सामाजिक सञ्जालफेसबुक र इन्स्टाग्राम बन्द गरिएको छ । देशका ठूला इन्टरनेट प्रदायकमध्येको एक टेलिनोरले यस समाचारको पुष्टि गरेको हो । टेलिनोरका अनुसार अर्को आदेश नभएसम्मका लागि यी सामाजिक सञ्जाल प्रयोगको अनुमति दिइएको छैन ।

बिहीबार स्थिरताका लागि भन्दै सैन्य अधिकारीहरुले फेसबुक बन्द गर्न निर्देशन दिएका हुन् । अङ सान सुकीसहितका जननिर्वाचित प्रतिनिधिहरुलाई हिरासतमा राखिएपछि म्यान्मारमा विरोध बढ्दो छ । याङ्गुनमा शुक्रबार भेला भएका विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुले सुकी र नेशनल लिग फर डेमोक्रेसी पार्टीका अन्य नेताहरुको पक्षमा प्रदर्शन गरेका थिए ।

सुकी अहिले घरमै नजरबन्दमा छिन् । प्रहरी दस्तावेजअनुसार उनीविरुद्ध सञ्चारका सामाग्रीहरु अवैध तरिकाले भित्र्याएको र बिना अनुमति प्रयोग गरेको अभियोग छ ।

सामाजिक सञ्जाल किन बन्द ?
धेरै बर्मेलीहरुले १ फेब्रुुअरीको सैन्य कुलाई फेसबुकमार्फत प्रत्यक्ष हेरेका थिए । यस देशमा धेरै जनताले फेसबुकलाई समाचार र सुचनाको मुख्य स्रोतका रुपमा उपयोग गर्छन् । फेसबुक प्रतिबन्धपछि ट्वीटर र इन्स्टाग्राममार्फत हजारौं युवाहरुले विरोध जनाएका थिए ।

तर शुक्रबारदेखि इन्स्टाग्राम पनि प्रतिबन्धित बन्यो । यस घटनाबारे सैन्य अधिकारीहरुले मुख खोलेका छैनन् । यद्यपी, एएफपी न्युज एजेन्सीले मन्त्रालयको एक गोप्य (अपुुष्ट) दस्तावेज आफुुले देखेको जनाएको छ । ‘सर्वसाधारणमा गलत सुचना फैलाउने कारक’ बनेकाले सामाजिक सञ्जाल बन्द गर्नुपरेको त्यस दस्तावेजमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार