बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • क्रिकेट
  • दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

  • शुक्रबार, बैशाख १८, २०८३
सेयर गर्नुहोस् :
दिपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं —आईसीसी विश्वकप लिग–२ क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकमा नेपालले युएईलाई २९० रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गरेको नेपालले ५० ‌‌‌ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ९४ बलमा सर्वाधिक १०० रन बनाए। विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमालले ११ र आरिफ शेखले ११ रन बनाए।

युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २/२ विकेट लिए। हेडर अलि र खुजीमा तानभिरले समान १/१ विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार