
बाजुरा— जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ रानीसैन वन क्षेत्रमा चट्याङ लाग्दा ठूलो संख्यामा चौपाया क्षति भएको छ। १६ गते साँझ करिब ४ बजे वर्षा भइरहेको समयमा स्थानीयले बाख्रा चराउँदै गर्दा राउटे ओडारमा ओत लागिरहेका बेला चट्याङ पर्दा बाख्राहरू मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चट्याङ पर्दा ३९ बाख्रा मरेका छन भने ३९ बाख्रा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दार हेमबहादुर खड्काको कमाण्डमा तीन जनाको टोली खटिएको थियो। प्रहरीकाे टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा प्रारम्भिक विवरण अनुसार स्थानीय सज्जन कडाराका ११ वटा बाख्रा मरेका छन् भने १५ वटा अझै बेपत्ता छन्।
यस्तै, जसबिर रावलका २८ वटा बाख्रा मरेका र २४ वटा बेपत्ता रहेको जनाइएको छ। यस घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। चट्याङका कारण भेडा बाख्रा पालक कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।


