बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

  • सोमवार, चैत्र ३०, २०८२
सेयर गर्नुहोस् :
केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान र अन्य हिमाली भूभागका एकदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार