बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् । प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको  जानकारी दिए । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार