बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री, मन्त्री र सांसदबाट सम्पति छानविन सुरु गरौं : हर्क साम्पाङ

प्रधानमन्त्री, मन्त्री र सांसदबाट सम्पति छानविन सुरु गरौं : हर्क साम्पाङ

  • बिहिबार, चैत्र १९, २०८२
सेयर गर्नुहोस् :
प्रधानमन्त्री, मन्त्री र सांसदबाट सम्पति छानविन सुरु गरौं : हर्क साम्पाङ

काठमाडौं–श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले सम्पति शुद्धिकरणको कार्यलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

विहीबार बसेको प्रतिनिधिसभाको पहिलो वैठकलाई सम्बोधन गर्दै साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गरे । उनले प्रधानमन्त्री, सबै मन्त्री र सांसदहरुको सम्पति छानविन सुरु हुनुपर्ने बताए । साम्पाङले बोल्ने संसदमा बोल्न समय दिँदा विभेद गरेको गुनासो गरेका छन् ।

‘सत्ता पक्षले ३० मिनेट बोल्दा पनि हुने, ४० मिनेट बोल्दा पनि हुने तर प्रतिपक्ष अलि सानोले ३ मिनेटमा÷दुई मिनेटमा सकाइहाल्नुपर्ने। यसमा सुधार गर्नुपर्छ’, उनले भने, ‘हामी पनि जनताले चुनेर पठाएको जनप्रतिनिधि हौं । त्यसकारण आफ्ना क्षेत्रका आवश्यकता र माग राख्नका लागि प्रशस्त समय दिनुपर्छ’, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार