बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बैस्दै

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभामा रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार