बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराका पत्रकार सिंह क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत

बाजुराका पत्रकार सिंह क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत

  • सोमवार, चैत्र १६, २०८२
सेयर गर्नुहोस् :
बाजुराका पत्रकार सिंह क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत

बाजुरा—बाजुराका पत्रकार प्रकाश बहादुर सिंह क्रियाशील पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत भएका छन् । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको २१ औं साधारण सभा तथा महासंघको ७१ औं स्थापना दिवसको अवसरमा सम्मानसहित पुरस्कृत गरिएको हो ।

पत्रकार सिंह बडीमालिका मिडिया हाउसद्धारा सञ्चालित बडीमालिका खबरका प्रकाशक तथा सम्पादक हुन भने नेपाल टेलिभिजन लगायतका राष्ट्रिय स्तरका सञ्चार माध्यममा समेत कार्यरत छन् । पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै ११ हजार १११ रुपैयाँसहित सम्मान पत्रले पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहले बताएका छन् । त्यस्तै सम्मानित भएका सिंह विगत लामो समयदेखि जिल्लामा खोजमूलक पत्रकारिता गरिरहेका छन् भने समाज सेवामार्फत सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।

त्यस्तै सोही अवसरमा पत्रकार महासंघ जिल्ला शाखाले महिला क्रियाशील पत्रकारिता पुरस्कार रेडियो बुढीनन्दामा कार्यरत सर्मीला रोकायालाई प्रदान गरेको छ । उक्त पुरस्कारबाट रोकायालाई ५ हजार ५५५ रुपैयाँसहित सम्मान पत्रले पुरस्कृत गरिएको जनाएको छ । विगत केही बर्षदेखि रोकिएको महिला क्रियाशील पत्रकारिता पुरस्कार यस बर्षबाट कार्यविधि नै बनाएर पुनः सुरु गरिने समेत जिल्ला शाखाले जानकारी दिएको छ ।

May be an image of ‎one or more people and ‎text that says '‎नेपाल नेपालसभकार पकार महासंघ ७१ ओ शापना दिवर เ่ च्स्ा रण 고림 프시간오 ผั त २०८२ नेपाल जिल्ला شق SELIR mIB‎'‎‎

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको जिल्ला शाखाको २१ औं साधारण सभा तथा महासंघको ७१ औं स्थापना दिवसको उद्धाटन सत्रमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समिति अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ जिल्ला शाखा सचिव प्रेम रौलेले गरेका हुन् । उद्घाटन सत्र समापनपछि अहिले बन्द सत्र सुरु भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार