बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • चेतनाको अभाव तथा परिवारको लापर्वाहीले २१ बर्षीय सुत्केरी आमा र शिशुको मृत्यु

चेतनाको अभाव तथा परिवारको लापर्वाहीले २१ बर्षीय सुत्केरी आमा र शिशुको मृत्यु

चिकित्सकले बच्चा नजन्माउन सुझाव दिएका थिए

  • बुधबार, चैत्र ११, २०८२
सेयर गर्नुहोस् :
चेतनाको अभाव तथा परिवारको लापर्वाहीले २१ बर्षीय सुत्केरी आमा र शिशुको मृत्यु

बाजुरा—बाजुराको बडीमालिका नगरपालिका १ बस्ने २१ बर्षयी सुत्केरी सुरता रोकाया र नवजात शिशुको ७ गते शनिवार साँझ प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भयो । सुरताले ३ गते घरमै बच्चा जन्माइन् । उनको अवस्था जटिल भएपछि ४ गते बिहान जिल्ला अस्पताल बाजुरामा भर्ना गरियो । अस्पताल बाजुराले अवस्था जटिल भन्दै रिफर गरेको थियो ।

उनलाई ४ गते नै हेलिकप्टरमार्फत सुर्खेतमा पठाइएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हवाइ उद्धार (हेलिकोप्टर) गरिएको थियो । उनको अवस्था निकै जटिल बन्दै गएपछि उपचारकै क्रममा आमा र नवजात शिशुको ७ गते मृत्यु भएको आफन्त कृष्ण कार्कीले बताएका छन् ।

मुटु बिरामीले बच्चा नजन्माउनु पर्ने हुन्छ, उहाँ आफै जोखिम भएको बेला बच्चा जन्माउनाले मृत्युको मुख्य कारण बनेको अस्पताल बाजुराका डाक्टर आशिष कार्कीले बताए । सुरताले यस्तो जोखिम अबस्थामा घरमै बच्चा जन्माइन्, अस्पताल पुग्दा अबस्था निकै जोखिम थियो, डाक्टर कार्कीले बताए ।

सुरताले २०७९ साल वैशाखमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् । छोरी जन्मेपछि उनको अवस्था निकै जोखिम बनेको थियो । त्यो बेला जिल्ला अस्पताल बाजुराले रिफर गरेर काठमाडौमा उपचार गरेर बाचेकी थिइन् । काठमाडौमा रहेको शान्ति सेवा गृह संस्थाले ६ महिना संस्थामा राखेर सुरतालाई बचाएको थियो । मुटुको अप्रेसनसँगै उपचार गरेको थियो । त्यो बेला सुरतालाई अब अर्को सन्तान नजन्माउन, अर्को सन्तान जन्माउन खोजे ज्यान नै जोखिम हुने सल्लाह दिएर घर पठाएको थियो ।

सुरता काठमाडौ उपचार गरेर बाजुरा फिर्ता भईन् । केही समयपछि श्रीमान् लाल बहादुर कार्कीले दोस्रो बिहे गरेका थिए । श्रीमानले दोस्रो बिहे गरेको धेरै समय पछि सुरता गर्भवती भएकी थिइन् । उनी गर्भवती भएदेखि नै उनको स्वास्थ्य जोखिम रहेको थियो, अस्पताल बाजुराकी स्टाफ नर्स निशा रोकायाले बताइन् । बच्चा पाउदा अवस्था जटिल हुने भन्दै स्वास्थ्यकर्मीले समयमै सुबिधा सम्पन्न अस्पतालमा बच्चा जन्माउन सल्लाह दिएका थिए । तर परिवारको वेवास्ताले उनले सुबिधा सम्पन्न अस्पताल लिनुको साटो घरमै बच्चा पाएको स्वास्थ्यकर्मीले बताए ।

सुरताको मृत्युको मुख्य कारण परिवारको लापर्वाही र चेतनाको अभाव रहेको स्टार्फ नर्स निशा रोकायाले बताए । चिकित्सकले बच्चा नजन्माउन सुझाव दिदा दिदै सन्तान जन्माउन खोज्दाको परिणाम हो, अर्को श्रीमानले दोस्रो बिहे गरेपछि सुरताको परिवारले वेवास्ता गरेको पाईएको थियो । चेतनाको अभावले धेरै आमाले अकालमै ज्यान गुमाउदै आएका छन् । ग्रामिण क्षेत्रमा चेतनाको स्तर कमजोर रहेको छ, गाउँमा स्वास्थ्य शिक्षा दिन जरुरी रहेको रोकायाले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार