बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलकाे कार्यालयमा युवा संघकाे तालाबन्दी

एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलकाे कार्यालयमा युवा संघकाे तालाबन्दी

  • आइतवार, चैत्र ८, २०८२
सेयर गर्नुहोस् :
एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलकाे कार्यालयमा युवा संघकाे तालाबन्दी

धनगढी — राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलकाे कार्यालयमा तालाबन्दी गरेकाे छ । पूर्व मुख्यमन्त्री समेत रहेका रावलकाे प्रदेश सभास्थित दलकाे कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेकाे हाे ।

युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ भने शिघ्र सम्पर्कमा आउन अनुराेध गरेकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेकाे नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेकाे भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ ।

पार्टीकाे सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेकाे भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ ।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि याे विषयमा पार्टी केन्द्रलाई जानकारी गराएकाे बताए ।

उनकाअनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीमा कुनै परामर्श नगरेर एकलाैटी गरेपछि साे विषयमा केन्द्रमा जानकारी गराइएकाे हाे । अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार