बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा प्रत्यक्ष जितेको कांग्रेस समानुपातिकमा पनि पहिलो

बाजुरामा प्रत्यक्ष जितेको कांग्रेस समानुपातिकमा पनि पहिलो

  • मङ्लबार, फाल्गुन २६, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा प्रत्यक्ष जितेको कांग्रेस समानुपातिकमा पनि पहिलो

बाजुरा—प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा समानुपातिक तर्फको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । प्रत्यक्षको सकेर सोमबार बिहानबाट सुरु गरिएको समानुपातिक तर्फको मतगणना मंगलबार बिहान सकिएको हो ।

बाजुरामा सबैभन्दा बढी समानुपातिक मत नेपाली कांग्रेसले पाएको छ । कांग्रेसले १६ हजार ७४६ मत पाएर पहिलो बनेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी भएका थिए ।

त्यस्तै समानुपातिक तर्फ नेकपा एमालेले १५ हजार ८९७, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३५८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४७०, जसपा नेपालले ४२, जनमत पार्टीले ८७ मत पाएको छ भने सहभागी ५७ वटै दलहरुले समानु्‌पातिक मत पाएको देखिन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार जिल्लामा समानुपातिक तर्फ ४५ हजार ६६९ मत खसेकोमा ४४ हजार ४६९ मत सदर भएको छ भने एक हजार २ सय मत बदर भएको छ ।

चर्चामा

सम्बन्धित समाचार