बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे स्वामीकार्तिक खापर–२ मा बाटोमै सुत्केरी

बाजुराकाे स्वामीकार्तिक खापर–२ मा बाटोमै सुत्केरी

स्वास्थ्यकर्मीको सक्रियताले आमा र शिशु सुरक्षित

  • मङ्लबार, फाल्गुन २६, २०८२
सेयर गर्नुहोस् :
बाजुराकाे स्वामीकार्तिक खापर–२ मा बाटोमै सुत्केरी

बाजुरा— जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ मा एक गर्भवती महिलालाई अचानक सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा बीच बाटोमै प्रसूति गराउनु परेको छ। गाउँबाट स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा व्यथा अत्यधिक बढेपछि बाटोमै प्रसूति गराइएको हो।

 स्वामीकार्तिक खापर गाउँपालिका २ भैसागाडकी एक आमाले यसरी बाटोमै बच्चा जन्माइन् । फयालगाउँ आधारभूत स्वास्थ्य इकाइमा पुग्न नसकेपछि स्वास्थ्यकर्मी विस्ना राेकायाले बाटोमै पुगेर प्रसूति सेवा दिएकाे बताइएकाे छ । आमा र बच्चाको अबस्था सामान्य रहेको छ ।

स्थानीयकाे सहयोग र स्वास्थ्यकर्मी विष्णा रोकायाको सक्रियतामा ती महिलाको सुरक्षित रूपमा प्रसूति गराइएको जनाइएको छ। स्वास्थ्यकर्मी रोकायाले तत्काल अवस्था बुझेर आवश्यक सावधानी अपनाउँदै बाटो छेउमा रहेको गाईगोठ नजिकै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिइन्।

स्थानीयका अनुसार अचानक व्यथा बढेपछि गर्भवती महिलालाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन सम्भव नभएपछि तत्काल निर्णय गरेर त्यहीँ प्रसूति गराइएको हो। समयमै स्वास्थ्यकर्मीको पहल र स्थानीयको सहयोग पुगेपछि आमा र नवजात शिशु दुवै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।

घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको समस्या अझै गम्भीर रहेको देखाएको स्थानीय बासिन्दाहरूले बताएका छन्। गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु, यातायातको सुविधा नहुनु तथा आकस्मिक अवस्थामा स्वास्थ्य सेवामा पुग्न कठिनाइ हुने समस्या यहाँका बासिन्दाले वर्षौँदेखि भोग्दै आएका छन्।

स्थानीयले भने कठिन परिस्थितिमा पनि धैर्यतापूर्वक सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको प्रशंसा गरेका छन्। यो घटनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको स्पष्ट देखाएको छ। विशेषगरी गर्भवती महिलाका लागि समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँ–गाउँसम्म प्रभावकारी स्वास्थ्य पूर्वाधार र यातायातको व्यवस्था हुनुपर्ने आवश्यकता स्थानीयले बताएका  छन्।

चर्चामा

सम्बन्धित समाचार