बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका पूर्वमन्त्री शाहसहित ५ जना उम्मेदवारको जमानत जफत

बाजुराका पूर्वमन्त्री शाहसहित ५ जना उम्मेदवारको जमानत जफत

  • आइतवार, फाल्गुन २४, २०८२
सेयर गर्नुहोस् :
बाजुराका पूर्वमन्त्री शाहसहित ५ जना उम्मेदवारको जमानत जफत

बाजुरा—प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बाजुराको अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्। कुल ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको यस क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका हुन् ।

निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश बहादुर शाहको धरौटी जफत भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका शाहको धरौटी जफत भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेका थिए । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने १ हजार ३४६ मत बदर भएका छन् ।

सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ । सोही अनुसार शाहले ल्याएको मतपरिणाम अनुसार शाहले ३ हजार ४२४ मत मात्रै प्राप्त गरेका छन् । उनले जमानत जोगाउन निर्वाचन ऐनको प्रावधान अनुसार धरौटी (जमानत जोगाउन ४ हजार ३८९ मत ल्याउनुपर्ने थियो । उनले प्राप्त गरेको निर्वाचन परिणामअनुसार उनको धरौटी जफत हुने भएको छ । पूर्वमन्त्री शाहको भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । शाहले ३ हजार ४२४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन ।

शाह २०७४ को प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट बाजुरा प्रदेश (ख) बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी भएका थिए । शाहले १८ हजार १८६ मत ल्याएका थिए भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका थिए । शाहले २०८२ साल कात्तिक २६ गते एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे । एमाले छाडेपछि भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ मा संलग्न भएका शाह अन्ततः भीम रावलसहितकै समूहसँगै नेकपामा समाहित भएका थिए ।

शाहको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको थियो । एमालेको संगठन निर्माणमा सक्रिय रहँदै उनी अछाम जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा पुगे । यसअघि सम्म उनी एमालेको केन्द्रीय सदस्य समेत थिए ।

शाह संगै बाजुरामा ५ जना उम्मेदवारका धरौटी जफत भएको छ जसमा राप्रपाका उम्मेद्धवार केशर शाही नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र विकका प्रलोपाका उम्मेद्धवार दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको धरौटी जफत भएको छ । जसमा राप्रपाका उम्मेदवार केशर शाही ३५२ मत,नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र विकका २३३ मत, प्रलोपाका उम्मेदवार दिपक डिसी ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार