
बाजुरा– बाजुराका जिल्लाका १० वटा मतदान स्थल यातायातको पहुँचमा नरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बाजुरामा ७७ वटा मतदानस्थल रहेका छन्, जसमा १० वटा मतदान स्थलमा गाडि नपुग्ने गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी डोरेन्द्र निरौलाले वताएका छन् ।
त्रिबेणी नगरपालिका ५ किम्नीमा रहेको रामेश्वरी माबि मतदान स्थल, गौमुल गाउँपालिका १ मा रहेको अम्लिस माबि मतदान स्थल, जगन्नाथ गाउपालिका ४ बागापानिमा रहेको मालिका माबि मतदान स्थल गाडिको पहुँचमा रहेका छैनन् । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका १ को मण्डाली आधारभुत बिद्यालय खोलिकोट र २ नम्बर वडामा रहेको बिन्दासैन आधारभुक्त बिद्यालय फयालगाउँ मतदान स्थल यातायातको पहुँचमा छैनन् ।
सबै भन्दा बिकट रहेको हिमाली गाउँपालिकामा ५ वटा मतदान स्थल यातायातको पहुँचमा रहेको छैन् । यी ठाउँका मतदान स्थलमा तिन दिन सम्म हिडेर निर्वाचन कर्मचारी पुगेका छन् । हिमाली १ मा रहेको बिच्छयाँ माबि मतदान स्थल, वडा नम्बर १ मा रहेको सुनन्दा माबि स्थल, वडा नम्बर २ मा रहेको ठुलाकोट आधारभुत बिद्यालय स्थल, ३ नम्बरमा रहेको गंगा आधारभुक्त बिद्यालय र सोहि वडाको हिमाल भक्ति प्राबि गुम्बा मतदान स्थल गाडिको पहुँचमा रहेका छैनन् ।
बाजुराको सबै मतदान स्थल र केन्द्रमा कर्मचारी पुगिसकेका छन् । भौगोलिक विटकता बाट निकै टाढा रहेका हिमाली गाउँपालिका १, २ र ३ मा रहेका मतदान केन्द्रका मतपेटिका हेलिकप्टर बाट ढुवानी गर्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले वताएका छन् । बाजुरामा निर्वाचनका तयारी पुर्ण रुपमा भइसकेको समेत बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका बाजुराका अनुसार ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् । बाजुरामा ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।
२०७९ को प्रदेश र संघको चुनावमा बाजुरामा बिभिन्न मतदान स्थलामा झडप सँगै फर्जि मतदान भएको थियो । त्रिवेणी नगरपालिका ७ मा दुइजना युवाको मृत्यु समेत भएको थियो ।
यो पटक शान्तिपुर्ण रुपमा मतदान सम्पन्न गर्न बाजुरामा उच्च सुरक्षा सर्तकता बढाएको पाईएको छ । केही दिन पहिला गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बाजुरा पुगेका थिए ।
