आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • निष्पक्ष निर्वाचन हुन्छ, कानुन कार्यान्वयनमा प्रतिवद्ध छौं– गृहमन्त्री अर्याल

निष्पक्ष निर्वाचन हुन्छ, कानुन कार्यान्वयनमा प्रतिवद्ध छौं– गृहमन्त्री अर्याल

  • आइतवार, फाल्गुन १७, २०८२
निष्पक्ष निर्वाचन हुन्छ, कानुन कार्यान्वयनमा प्रतिवद्ध छौं– गृहमन्त्री अर्याल

बाजुरा—गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन देशभर निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन् । आइतबार सुरक्षा व्यवस्था बुझ्‌न बाजुरा पुगेका गृहमन्त्री अर्यालले अहिलेको चुनावी सरकारको दायित्व निष्पक्ष चुनाव गर्ने रहेको भन्दै त्यसका लागि सरकारबाट सबैसँग सहजीकरण र सहयोग हुने बताए ।

उनले आफू स्वतन्त्र रुपमा सरकारमा रहेको भन्दै निष्पक्ष चुनाव गर्न सुरक्षा संयन्त्रले कसैको पनि पक्षधरता नलिने र राजनीतिक अधिकारको प्रचलन गराउन सरकार हरप्रयास गरिरहेको स्पष्ट पारे । यस्तै गृहमन्त्री अर्यालले अरुको राजनीतिक अधिकार खोस्ने, अवरोध हुन्छ भने त्यतिखेर कानुन कार्यान्वयन गर्न अडिग रहेको बताए । उनले भने, “निर्वाचनमा कानुन उल्लंघन कसैले नगरौ, राष्ट्रिय रुपमै यो जिल्लाले, नेतृत्वले अबको निर्वाचनबाट सकरात्मक सन्देश दिनु हुन्छ भन्ने लाग्छ, हामी सबैले मिलेर राजनीतिक सुशासनका लागि यसपालि लागौं ।”

त्यस्तै गृहमन्त्री अर्यालले बाजुरामा विगतका चुनावमा भएका घटनाभन्दा पनि अबको निर्वाचनमा सबैको सहयोग भयो भने जिल्लाभर निष्पक्ष चुनाव हुने बताए । यस्तै २०७९ सालको निर्वाचनमा दुई जनाको हत्या भयो तर न्याय अहिलेसम्म पाएन् भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री अर्यालले न्याय दिने विभिन्न संयन्त्र रहेको उल्लेख गर्दै केही छुटेका कुराहरु छन् भने गृह प्रशासनबाट पहल गर्ने बताए ।

गृहमन्त्री अर्यालको प्रमुख आथित्यतामा आयोजित चुनाव लक्षित सर्वदपक्षीय बैठकमा पुर्वमन्त्री कर्णबहादुर थापाले २०८० मा स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनबाट प्रचार गरे जस्तो निर्वाचन अब हुदैन् भन्ने सन्देश दिएको भन्दै विगतका कमी कमजोरी सुधार्दै यो निर्वाचन पनि निष्पक्ष हुने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले जिल्लामा शान्ति सुरक्षाको कुनै समस्या नरहेको भन्दै यो निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहीत हुने बताए ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा आयोजित बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राजनीतिक दलका प्रमुख, चार वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार