आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

बाजुरामा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

  • आइतवार, फाल्गुन १७, २०८२
बाजुरामा निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

बाजुरा—फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक सूचना जारी गर्दै जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न मदिराको बिक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लामा उक्त अवधिभर मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनकाअनुसार फागुन १७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिमाण घोषणा नभएसम्मका लागि जिल्लाभित्र मदिरा बिक्री वितरण,ओसारपसार तथा सेवनमा रोक लगाइएको छ ।

निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न उक्त निर्णय कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाइएको छ । साथै त्यस्तो कार्य गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार