शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको बिच्छयाँबासी भन्छन्, “सडक र फोन टावर पहिलो माग हो”

बाजुराको बिच्छयाँबासी भन्छन्, “सडक र फोन टावर पहिलो माग हो”

  • शनिबार, फाल्गुन १६, २०८२
बाजुराको बिच्छयाँबासी भन्छन्, “सडक र फोन टावर पहिलो माग हो”

बाजुरा—बाजुराको सर्वाधिक विकट बिच्छयाँका बासिन्दाहरुको माग सडक र फोन टावर रहेको छ । अहिले गाउँमा चुनावको प्रचार प्रसारमा आउने उम्मेदवार तथा राजनीतिक दललाई उनीहरु एकमत भएर प्रत्येक वडामा सडक र फोन टावरको माग राखिरहेका छन् ।

हिमाली गाउँपालिका १, २ र ३ अर्थात साविकको बिच्छयाँ गाविसमा अहिलेसम्म सडकको पहुँचमा पुगेको छैन् । आंशिक रुपमा नेटामा फोन टावर भएपनि निकै टाढा रहेका गाउँ अहिले पनि टेलिफोनको पहुँच भन्दा टाढा रहेका छन् । विगत देखि उनीहरुको माग मुख्य यहीँ रहदै आएको छ, यो पटक पनि सडक र फोन टावर रहेको हिमाली गाउँपालिका ३ बौडिका स्थानीय ध्यान बहादुर रोकायाले बताएका छन् ।

बिच्छयाँ बाजुराको भूगोलका हिसाबले ३५ प्रतिशत क्षेत्र ओगटेको छ । एउटा गाउँबाट अर्को गाँउ जान एकदिन भन्दा बढी समय लाग्ने गरेको छ । हुम्लाको सिमानासम्म अस्थायी रुपमा सडक सञ्चालन भए पनि बिच्छयाँ कुनै गाउँ वडामा अहिले सम्म सडकको पहुँच पुगेको छैन् । हाम्रो माग सडक हो, सडक पहुँच नहुँदा धेरै दुख पाइरहेका छौ, स्थानीय साजन बुडथापाले बताए ।

हिमाली गाउँपालिका ३ गुम्बा गाउँ अहिले सम्म फोनको पहुँचमा छैन् । स्थानियले नोट भोट नो टावर भन्ने एजेण्डा उम्मेदवारसँग राखेका छन् । हाम्रोमा टावर पनि छैन्, भोट पनि नदिने भनेका छौ, तर गाउँमा सल्लाह भइरहेको स्थानिय जगत लामाले बताए । हामीले “नोट भोट, नो टावर” भनेर अघि बढेका थियौ, एक पटक सबै उम्मेदवारलाई फोन टावरका लागि कुरा राखेका छौ, लामाले भने । हाम्रो गाउँमा सडक पुग्ने त अहिले सम्भाबना छैन्, तर फोनको टावर बनाइदिन आग्रह गरेको स्थानीयले बताए ।

हिमाली गाउँपालिका १ मा ६ सय ७१ , २ मा ६ सय ५७ र ३ मा ५ सय ५१ मतदाता रहेका छन् । वडा नम्बर १ र ३ मा दुइवटा मतदान केन्द्र र वडा नम्बर २ मा एक ठाउँमा मतदान केन्द्र कायम गरिएको छ । बिच्छयाँको गुम्बा गाउँ बाहेक सबै ठाउँमा भने विद्युतको पहुँच पुगेको छ । एक बर्ष पहिला मात्र कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपालले करिब १४ करोडमा बिच्छयाँमा बिजुली बालेको थियो ।

साविकको बिच्छयाँ गाबिस सडक, शिक्षा, स्वास्थ्य, सञ्चार बाट बिमुख भइरहेको छ । यातायात भएको भए धेरै बिरामीले समयमै उपचार पाउँने थिए, बाटोमै ज्यान बाट बच्ने गरेको थियो, वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बहादुर बुढाले बताएका छन् । बिच्छयाँमा १३ गाउँ रहेका छन्, केही गाउँमा फाटफुट बाहेक धेरै गाउँ सञ्चार विमुख रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार