शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • शनिबार, फाल्गुन १६, २०८२
अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

काठमाडौं — पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारडले पाकिस्तानी सेनाले अफगान तालिवानलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् ।

उनले २८ फेबु्रअरी अर्थात शनिबार बिहानसम्म अफगान तालिवानका ३३१ सदस्यको मृत्यु भएको र पाँच सयभन्दा बढी घाइते भएका पनि दाबी गरेका छन् ।

बीबीसीका अनुसार अफगान तालिवान बलका १०४ चौकीहरू नष्ट गरिएको र २२ चौकी कब्जा गरिएको सूचनामन्त्री अताउल्लाहको दाबी छ ।

उनले पाकिस्तानी सेनाले अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानी सेनाको अभियान अहिले पनि जारी रहेको मन्त्री अताउल्लाहको भनाइ छ ।

उता अफगानिस्तानको तालिवान सरकारका तर्फबाट शनिवारको आक्रमणबारे कुनै अपडेट नगरिएको बीबीसीमा समाचार छ । यसअघि तालिवान सरकारका अधिकारीहरूले बीबीसीसँग शुक्रवार बेलुकीबाट पाकिस्तानी पक्षमाथिको आक्रमण सुरू गरिएको पुष्टि गरेका थिए ।

बीबीसीले अफगानिस्तानको तालिवान सरकारका प्रवक्ता अब्दुल हक फिदालाई उद्धृत गर्दै भनेको छ, ‘रमजानको छुट्टीपछि खोस्तमा अभियान फेरि सुरू भएको र लडाइँ जारी छ ।’

चर्चामा

सम्बन्धित समाचार