शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने

बाजुरामा जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने

  • शनिबार, फाल्गुन १६, २०८२
बाजुरामा जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने

बाजुरा—फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकोे मतगणना कार्यका लागि बाजुरामा मतगणना स्थान तोकिएको छ । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनको लागि हुने मतदानको मतगणना कार्य जिल्ला समन्वय समितिको कार्यालय मार्तडीमा गरिने जनाएको हो ।

मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले उक्त निर्वाचनमा मतदानको मतगणना जिल्ला समन्वय समितिमा गरिने बताए । त्यस्तै उनले सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय समेत प्रकाशन गरिने जानकारी दिए । यस्तै उक्त निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने उत्तरी क्षेत्रका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पठाउन सुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार