शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी

  • शनिबार, फाल्गुन १६, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब पाँच दिन बाँकी रहेको छ । निर्वाचन सन्दर्भमा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको आयोगले जनाएको छ । आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्स्योट भएको छ ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।

प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ ।

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ । त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

चर्चामा

सम्बन्धित समाचार