
बाजुरा– बाजुरा जिल्लामा भएको २०७९ को मतदानको दिन भएको कुरालाई लिएर प्रमुख जिल्ला अधिकारीलाई त्रिबेणी नगरपालिका गगन एअडीले ज्ञापन पत्र बुझाएका छन । २०७९ को निर्वाचनमा हत्या गरि मारिएका स्वर्गिय चेतनदिप अएडीका बुवा गगन ऐडीले ज्ञापन पत्र बुझाएका हुन । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मालाकोटस्थित नाटेश्वरी आधारभूत विद्यालयमा २०७९ को मसिंर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा भएको झडपमा एक युवकको ज्यान गएको कुरालाइ लिएर जिल्लामा यस्ता घटना नदोरिन र प्रशासनले चनाखो हुनेपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन ।
सो निर्वाचन सुरक्षामा गम्भीर लापरबाही भएको भन्दै पीडित परिवारले प्रशासन र सुरक्षा निकायले निगरानी बढाउन उनले ध्यानाकर्षण गराएका छन । पीडित परिवारका अनुसार २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनका क्रममा दिउँसो करिब ११ देखी १२ बजेको समयमा केही अराजक समूहले मतदान केन्द्रमा प्रवेश गरी निर्वाचन कर्मचारीमाथि आक्रमण गरेको थियो ।
निर्वाचनका क्रममा मतदाताको ज्यानको सुरक्षा सुनिश्चित गर्न पीडित परिवारले आगामी दिनमा यस्ता घटना नदोहोरिन निर्वाचन सुरक्षाका लागि स्पष्ट मापदण्ड लागू गर्नुपर्ने मागसमेत गरेका छन् । मतदान केन्द्रमा बाहिरी व्यक्तिको प्रवेश रोक्नुपर्ने, राजनीतिक दलसँग आवद्ध नभएका कर्मचारीहरु मात्र खटाइनुपर्ने, संवेदनशील अवस्थामा मतदान स्थगन गरी नागरिकको ज्यानको सुरक्षा प्राथमिकता दिनुपर्ने जस्ता माग उल्लेख छन्।


