• होमपेज
  • समाचार
  • निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

  • आइतवार, माघ १९, २०८२
निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले  बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ ।

प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती उच्च अधिकृत भन्छन्, ‘सेनाले हाम्रो मागअनुसार हतियार स्वीकृत गरेको छ ।’ सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि प्रहरीले सेनासँग चिनियाँ पेस्तोल सापटी लिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार