• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन १२ सय ७ जनाले दिए दरखास्त

बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन १२ सय ७ जनाले दिए दरखास्त

  • बिहिबार, माघ २, २०८२
बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुन १२ सय ७ जनाले दिए दरखास्त

बाजुरा—बाजुरामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि एक हजार २ सय ७ जनाले दरखास्त दिएका छन् । पुष २५ गतेदेखि आज अर्थात माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएकोमा सो संख्यामा दरखास्त परेको हो ।

जिल्ला प्रहरी कार्यालयमा एक हजार ८५ जना र सशस्त्र प्रहरी बल गुल्ममा एक सय २२ जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि निवेदन दिएका हुन् ।

सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि देशरभर एक लाख ३३ हजार बढीको संख्यामा आवेदन खुला गरेको थियो ।

त्यस्तै बाजुरामा ९ सय ६४ नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गर्न आवेदन माग गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन प्रहरीमा आवेदन दिनेहरु भूतपूर्व सुरक्षाकर्मी, निर्वाचन प्रहरी सहित युवा युवतीहरु रहेका छन् ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिएका छन् । सरकारले ४० दिनको सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार