• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरामा पनि मनाइयो राष्ट्रिय योग दिवस (तस्वीरहरु)

बाजुरामा पनि मनाइयो राष्ट्रिय योग दिवस (तस्वीरहरु)

  • बिहिबार, माघ २, २०८२
बाजुरामा पनि मनाइयो राष्ट्रिय योग दिवस (तस्वीरहरु)

बाजुरा—आज माघ १ गते । राष्ट्रिय योग दिवस बाजुरामा पनि मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा बिहीवार सदरमुकाम मार्तडी स्थित जिल्ला खेलकुद कवडलमा राष्ट्रिय योग दिवस मनाएको हो ।

“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ जिल्लामा योग अभ्यास गर्दै दिवस मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख रंग बहादुर कार्कीले योग हरेक व्यक्तिको दैनिक जीवनमा अति महत्वपूर्ण रहेको भन्दै राष्ट्रिय योग दिवस मनाइएको बताए । योग व्यक्तिको जीवन सुखमय र स्वस्थ बनाउनका लागि उपयोगी रहेकाले आजबाट सदरमुकाम मार्तडीमा निरन्तर योग अभ्यास कार्यक्रमको समेत सुरुवात गरिएको बताएका छन् । उनका अनुसार आयुर्वेद स्वास्थ्य कार्यालयले समय समयमा जिल्लाका विभिन्न स्थानमा योग अभ्यासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले योगलाई दिवसका रुपमा मात्रै नलिई हरेक व्यक्तिले स्वस्थ र सुखी रहन दैनिक जीवनमा योगाभ्यास गर्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय योग दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलासहित जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख सहित कर्मचारी, जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तस्वीरहरु

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of yoga and martial arts

May be an image of text that says '"स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग" राष्ट्य योग दिवस कारकाਜ आ.व. आ.व.-२०८१/003 आ.व.-२० -२०८/03 मिति: नितिशशमा१गते २०८श माघ गते स्थान: जिल्ला सलकृद विकासको कवडल मय:विहान७:३०बजे बिहान आयोजक: आयोजक: सरपशिकाम प्रवेश सामाजिक मत्त्ालय जिल्ला जिल्लाआायुवेदस्वास्थ स्वास्थ्य आयुर्वेद पराजातय मातडी,बाजरा'

May be an image of yoga

May be an image of yoga

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people, people performing martial arts and people practicing yoga

May be an image of one or more people, people practicing yoga and people performing martial arts

May be an image of one or more people, people performing martial arts and textMay be an image of one or more people

May be an image of text

यस्ता छन् योगका अनेक लाभ

आज दिन–दिनै अस्पताल बनिरहेका छन् । अत्याधुनिक चिकित्सा उपकरणको विकास भइरहेका छन् । स्वास्थ्यकर्मीहरु उत्पादन भइरहेका छन् । नयाँ नयाँ औषधिको खोज र विकास भइरहेका छन् । किनभने प्रतिदिन अस्पतालको चक्कर लगाउने बढ्दैछ । औषधिको खपत बढ्दैछ ।

रोग लागेपछि त्यसको निदान र उपचार जरुरी छ । त्यसैले रोग लागिसकेको अवस्थामा अस्पताल धाउनु, औषधि खानु नै छ । यद्यपि रोगमुक्त जीवन विताउनका लागि के गर्ने ?

यसका लागि हाम्रा पूर्खाहरुले विभिन्न खोज अध्ययन र अभ्यास गरेका छन् । निरोगी एवं रोगमुक्त भएर खुसी र आनन्दित जीवन विताउने उपायहरु पत्ता लगाएका छन् । र, आफ्ना सन्ततीलाई त्यसैको अनुसरण गर्न प्रेरित गर्दै आएका छन् ।

योग कुनै व्यक्ति विशेषको नभएर पुरै मानव जाति लागि महत्वपूर्ण छ । यसको नियमित अभ्यास गर्नाले महामारी तथा अन्य रोगको विरुद्ध लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोगीका लागि योग चिकित्सा पद्दति हो भने निरोगीका लागी जीवन पद्धति हो तसर्थ समग्रमा जीवन र जगतमा सुख र शान्तिसँग बाँच्ने कलाको नाम योग हो भन्दा अतुक्ति नहोला । आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो तसर्थ योगलाई जीवन पद्धति बनाउनुपर्छ ।योगको नियमित अभ्यास गर्न सकियो भने औषधी विना दीर्घ जीवन बाँच्न सकिन्छ । योग, ध्यान, प्राणायाम यसकै दृष्टान्त हुन् ।

सही तरिकाले जिउने विधि

योग भनेको सही तरिकाले जिउने विज्ञान हो । अतः यसलाई हामीले आफ्नो जीवनमा सामेल गर्नुपर्नेछ । यो हाम्रो जीवनसँग जोडिएको भौतिक, मानसिक, भावनात्मक, आत्मिक र आध्यात्मिक सबै क्षेत्रमा काम गर्छ ।

यसैगरी योगको अर्थ हो, जोडिनु । मन र शरीर जोडिनु । मन र प्रकृति जोडिनु । मन र चराचर जगत जोडिनु । आध्यात्मिक हिसाबले योगको अर्थ हो सार्वभौमिक चेतना र व्यक्तिगत चेतना आपसमा जोडिनु हो । व्यवहारिक कोणबाट योग भनेको शरीर, मन र भावनालाई सन्तुलित गर्ने एवं तालमेल मिलाउने एक साधन हो । योगको यो एकता आसन, प्राणायाम, मुद्रा बँध, षट्कर्म र यानको अभ्यासबाट प्राप्त हुन्छ । त्यसैले योग एक जिउने तरिका हो र आफैमा परम उदेश्य पनि ।

योगले शारीरिक लाभ मिल्छ । त्यसपछि मानसिक र भावनात्मक स्तरमा यसबाट लाभ मिल्छ ।

गीतामा श्रीकृष्णले एक ठाउँमा भनेका छन्, ‘योगः कर्मसु कौशलम् ।’ अर्थात कर्ममा कुशलता नै योग हो । यद्यपि योगको अर्थ यो भन्दा वृहत र व्यापक छ । खासगरी पतञ्जलीले योगसूत्रमा यसको सटिक परिभाषा दिएका छन् । उनको परिभाषा यस्तो छ, ‘योगश्च्ि‌त्तवृत्तिनिरोध ।’ अर्थात चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु योग हो । योगले आफुभित्र रहेका रोगलाई निरोध गर्न सक्छ ।

त्यसैगरी अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रम्हातर्फ, सीमितताबाट असिमिततातर्फको आध्यात्मिक यात्रालाई योग भनिएका छन् ।

योग भनेको शरीरलाई तन्काउनु, मर्काउनु, उफ्रिनु होइन । अर्थात शारीरिक व्यायाम मात्र पनि योग होइन । योगमा आसन, प्राणायाम र ध्यान जस्ता विधिहरु हुन्छन् । यी विधीहरुबाट हामीले मन, श्वास र शरीरको विभिन्न अंगबीच समान्जस्य बनाउन सक्छौं ।

योगको प्रकार

योगको मूख्य चार प्रकार छन्– राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

यसैगरी योगको आठ अंग छन् । यसैले पतन्जलीले यसलाई अष्टांग योग भनेका हुन् । यसबारे योगसूत्रमा पतन्जलीले उल्लेख गरेका छन् । यस आठ अंगमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि छन् ।

यमको अर्थ हो, अहिंसा, सत्य, अस्तेय, ब्रम्हाचर्य तथा अपरिग्रह । यम अर्थात जसको अनुष्ठानबाट मन वा इन्द्रिय अशुभबाट हटाएर शुभमा संलग्न हुन्छ ।

नियमको अर्थ हो, अनुशासित जीवनयापन । अर्थात सौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणिधान । आसनको अर्थ हो, स्थिर तथा सुखपूर्वक बस्ने क्रिया ।

प्राणायामको अर्थ श्वास प्रश्वासको गति अनुभूत गर्ने र नियन्त्रण गर्ने अभ्यास । नाडी साधन र त्यसको जागरणका लागि गरिने श्वास र प्रश्वासको नियमन नै प्राणायम हो ।

पत्याहारको अर्थ इन्द्रियलाई वशमा राख्नु हो । धारणाको अर्थ मनलाई एकाग्रत्ति गरेर कुनै विषयमा ध्यान केन्द्रित गर्नु हो । ध्यानको अर्थ विचारसून्य अवस्थामा रहनु हो । समाधिको अर्थ मोक्ष प्राप्त गर्नु हो ।

चर्चामा

सम्बन्धित समाचार