• होमपेज
  • समाचार
  • कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

  • बिहिबार, माघ २, २०८२
कस्तो रहनेछ आजको मौसम ?

बाजुरा—हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भू-भागमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार