• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाको नगरसभाबाट ८ वटा विधेयक पारित

बडीमालिका नगरपालिकाको नगरसभाबाट ८ वटा विधेयक पारित

  • मङ्लबार, पुस २९, २०८२
बडीमालिका नगरपालिकाको नगरसभाबाट ८ वटा विधेयक पारित

बाजुरा—बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका नगरपालिकाको चौथो नगरसभाको १८ औं अधिवेशनबाट ८ वटा विधेयक तथा कार्यविधि पारित भएका छन् । नगरपालिकाको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन र शहरी विकासलाई व्यवस्थित बनाउने महत्वपूर्ण निर्णयहरू पारित गरेको हो ।

मंगरवार बसेको नगरसभाबाट ८ वटा विधेयक तथा कार्यविधिहरु पारित गरेर कानुनी रूपमा कार्यान्वयनका लागि मार्ग प्रशस्त गरिएको वडा नम्बर ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याले बताए । उनका अनुसार पारित भएका विधेयकहरुमा विनियोजन विधेयक २०८२ (संशोधित), भवन निर्माण सम्बन्धी विधेयक २०८२, कर तथा गैरकर सम्बन्धी विधेयक २०८२, घरबहाल सम्बन्धी विधेयक २०८२, व्यवसाय कर सम्बन्धी निर्देशिका २०८२, नक्सापास सम्बन्धी निर्देशिका २०८२, न्यायिक समिति सञ्चालन कार्यविधि (पहिलो संशोधन) विधेयक २०८२ र साबिक स्थानीय निकायका कर्मचारी कल्याण कोष सम्बन्धी विधेयक २०८२ छन् ।

नगरसभाबाट पारित भएका उक्त विधेयकहरु कार्यान्वयनमा आएपछि नगरपालिकाको दीर्घकालीन विकास, सुशासन र आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार