• होमपेज
  • समाचार
  • माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

  • सोमवार, पुस २८, २०८२
माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरेको थियो । सोही अनुसार, राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको सचिवालयले जानकारी गराएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि अन्तरिम सरकार बन्यो र प्रतिनिधिसभा विघटन गर्‍यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।

सरकारले राष्ट्रिय सभाको बैठक सिंहदरवारमै राख्ने तयारी गरेको छ । जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन समेत जलेको छ । वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार