
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ साडीघाँटीस्थित जयपृथ्वी राजमार्गमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जाेराले मोतीनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएकाे बताए ।
दुर्घटनामा तीन जनाकाे मृत्यु भएको बताउँदै उनले मृतककाे सनाखत हुन नसकेकाे बताए । दुर्घटनामा घाइते भएकाको संख्या पनि यकिन हुन बाँकी छ । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकाे प्रहरीले जनाएको छ ।
