
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा युवाको सबल प्रतिनिधित्व स्थापित सफल भएको बताएका छन् । साथै उनले सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको पनि जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत ओलीले पार्टीमा ‘युवा र नयाँ अनुहार’ भनेका छन् ।
‘पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्यो । हुन त आजको बैठक दोस्रो हो । आज बैठकमा एकपटक सबै सदस्यको अनुहारमा गहिरिएर हेरेँ– महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ, अनि करिब ३४ प्रतिशत नेताहरू ५० वर्षभन्दा कम उमेरका हुनुहुन्छ,’ ओलीले भनेका छन् ।
उनले युवाको सबल प्रतिनिधित्व स्थापित सफल भएका र सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको दाबीसमेत गरेका छन् ।
