• होमपेज
  • समाचार
  • पूर्वमन्त्री होमनाथ दाहालको निधन

पूर्वमन्त्री होमनाथ दाहालको निधन

  • शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री होमनाथ दाहालको निधन

पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए ।

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९:३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिए ।

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन् । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु रहेका छन् ।नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार