• होमपेज
  • समाचार
  • जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

  • बिहिबार, पुस २४, २०८२
जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छापिएको छ । केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ गरेको हो ।

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले हिजो र आज मा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न गरेको बताए । केन्द्रले बिहीबारदेखि सामानुपतिकको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जानकारी दिँदै करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक पत्र छपाइ हुने जानकारी दिए । रासस

चर्चामा

सम्बन्धित समाचार