• होमपेज
  • राजनीति
  • एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो

एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो

  • बुधबार, पुस २३, २०८२
एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो

काठमाडौं  —नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी माघ ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार