शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • राजनीति
  • पूर्व महान्यायाधिवक्ता खातीलाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

पूर्व महान्यायाधिवक्ता खातीलाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • बुधबार, पुस २३, २०८२
पूर्व महान्यायाधिवक्ता खातीलाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

बाजुरा— नेपाली कांग्रेसले पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उनलाई सुदूरपश्चिमबाट अन्य क्लस्टरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बाजुरा निवासी खाती नेकपा विभाजनपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा महान्यायाधिवक्ता बनेका थिए ।

त्यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।

चर्चामा

सम्बन्धित समाचार