शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुरा जिल्ला इन्चार्जमा थापा पाए जिम्मेवारी

एमाले बाजुरा जिल्ला इन्चार्जमा थापा पाए जिम्मेवारी

  • बुधबार, पुस २३, २०८२
एमाले बाजुरा जिल्ला इन्चार्जमा  थापा पाए जिम्मेवारी

बाजुरा– नेकपा एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी विभाजन गरेको छ । जिल्ला देखि प्रदेश र विभागीय जिम्मेवारी पार्टी कार्यालय च्यासलमा बसेको बैठकले बाँडफाँड गरेको हो । प्रदेश संयोजक सहीत जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । सुदूरपश्चिमको संयोजकको रुपमा गणेशसिंह ठगुन्नालाई जिम्मेवारी दिएको छ । भने उनले दार्चुला जिल्ला इन्चार्जको पनि थप जिम्मेवारी पाएका छन् । सुदूरपश्चिमाका अधिकांश पुरानै अनुहारलाई जिम्मेवारी दिएर कार्यविभाजन गरेको हो । केही जिल्ला इन्चार्जको रुपमा भने नयाँलाई जिम्मेवारी दिएको छ ।

जसमा बाजुरा जिल्लाको इन्चार्जमा लालबहादुर थापा, कैलाली जिल्लाको इन्चार्जमा लीला भण्डारी, कञ्चनपुरमा निरु पाल डोटीमा चक्र मल्ल र अछाममा झपट बोहरा तोकिएका छन् । त्यसैगरी, बैतडी जिल्लाको इन्चार्जमा दामोदर भण्डारी, बझाङमा ऐन महर र डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिइएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ । नयाँ जिम्मेवारी पाउनेमा कैलालीमा लीला भण्डारी, बझाङमा ऐन महर र डोटीमा चक्र मल्ल रहेका छन् । लालबहादुर थापा यस अघि पनि बाजुरा जिल्लाकै इन्चार्ज थिए ।

चर्चामा

सम्बन्धित समाचार