
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्। पार्टीको हिजाे बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कालिकोटला शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् । शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघको दुई कार्यकाल अध्यक्ष भएका थिए ।
शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन् । उनी ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए ।
